दफा १०
प्रसारण तथा वितरण शुल्क

प्रसारण संस्थाले कुनै कार्यक्रम वितरण गरी सञ्चालन गर्न चाहेमा नेपाल सरकार वा तोकिएको संस्थालाई तिर्नु पर्ने शुल्क र त्यस्तो कार्यक्रम उपयोग गर्ने व्यक्ति वा संस्थाबाट लिनु पर्ने शुल्क तोकिए बमोजिम हुनेछ ।